जलश्रोत तथा उर्जामन्त्री टोपबहादुर रायमाझीद्वारा बुढीगण्डकी जलविद्युत आयोजना क्षेत्रमा जग्गा किनबेच तत्काल रोक्का गर्न निर्देशन

जलश्रोत तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले बुढीगण्डकी जलविद्युत आयोजना अन्र्तगत डुबान क्षेत्र र सो आसपासका जग्गा किनबेच तत्काल रोक्का गर्न निर्देशन दिएका छन् । कान्तिपुरमा समाचार छ । 
मन्त्री रायमाझीले गोरखा र धादिङ जिल्लाका मालपोत तथा नापी प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा प्रमुखहरुसागको भेलामा उक्त निर्देशन दिएका हुन् । बुढीगण्डकी जलविद्युत आयोजना वरपरका जग्गामा भूमाफियाहरुको व्यापक चलखेल भएको जानकारीमा आएको भन्दै मन्त्री रायमाझीले एक हप्ता भित्रै प्रारम्भिक सूचना प्रकाशन गरि आयोजनालाई आवश्यक पर्ने जग्गाको लगत, कित्ता, जग्गाधनीहरुको नाम प्रकाशन गरि जग्गा खरिद तथा नामसारी रोक्कागर्न निर्देशन दिएका हुन् । उनले आगामी एक दशकलाई उर्जा विकासका दशकका रुपमा निती तथा कार्यक्रम संचालन गरि उर्जा संकट निवारण गरिने बताए ।  
बुढीगण्डकी आयोजनाले प्रयोग गर्ने जग्गा पहिचान, अधिग्रहण प्रकृया अघि बढाउन २ जिल्लाका सरोकारवालाहरुसाग आयोजनाले शुक्रबार चितवनको कुरिनटारमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा गोरखाका प्रजिअ नारायण भट्ट र धादिङका प्रजिअ विस्वप्रकाश सुवेदी दुवै जनाले