होली पर्वलाई मध्यनजर गर्दै प्रहरीद्वारा विशेष सुुरक्षा योजना लागू, १० हजार रुपैयाँ जरिवाना र बढीमा एक वर्षसम्मको कैद

होली पर्वलाई मध्यनजर गर्दै ट्राफिक प्रहरी महाशाखा र उपत्यकाका तीनवटै प्रहरी परिसरले विशेष सुुरक्षा योजना लागू गरेका छन्।
 
महानगरीय ट्राफिक महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी उपत्यकाका तीनवटै परिसर काठमाडौं,ललितपुर र भक्तपुरको समन्वयमा विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिएको हो ।
 
चाडबाडका बेला चालकहरुबाट हुने सानातिना लापरवाहीले गर्दा  दुर्घटना भइ ठूलो क्षति हुन पुगेको भन्दै यसपाली विशेष सुरक्षा योजना लागू गरिएको महाशाखाका डिआइजी प्रकाश अर्यालले जानकारी दिए।
 
अभिभावकहरुबाट पनि चासो र चिन्ता आएको भन्दै डिआइजी अर्यालले यस पटकको होलीमा सडकमा व्यापक मात्रामा चेक गरिने बताए। डिआइजी अर्यालका अनुसार उपत्यकामा ९० भन्दा बढी स्थानमा प्रहरी र ट्राफिक प्रहरी चेकमा खटिनेछन्।
 
काठमाडौं प्रहरी परिसरका एसएसपी बिक्रमसिंह थापाले होलीका नाममा विकृति भित्र्याउनेलाई कम्तिमा १० हजार रुपैयाँदेखि  बढीमा १ वर्ष कैदसम्मको सजाँय हुने बताए। ‘होली मिलनको पर्व हो उनले भने ‘यसलाई मर्यादीत बनाउनुपर्छ। भक्तपुर प्रहरी परिसरकी प्रमुख किरण बज्राचार्यले होलीमा हुने ससाना गल्तीले जीवनमा नै ठूलो असर पुर्याउने भन्दै सजकता अपनाएर होली मनाउनुपर्ने बताईन।
 
होलीमा मादकपदार्थ सेवन गर्ने, तीब्र गतीमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, हेल्मेट नलगाउने, ध्वनी प्रदुषण गर्ने, सवारी साधन चढेर होला हान्ने जस्ता गतिविधि गरे उनीहरुलाई पक्राउ गरिने डिआइजी अर्यालले बताए। 
 
त्यस्तै स्वास्थ्थलाई प्रतिकुल असर पर्ने रसाउन लगायतका अन्य पदार्थ छ्याप्ने, होहल्ला गर्नेलाई पनि पक्राउ गरि सार्वजनिक मुद्दा चलाइने उनले बताए। सेतोपाटीमा समाचार छ ।