निजगढ विमानस्थल र काठमाडौं तराई फास्ट ट्रयाक सरकारकै लगानीमा

व्यवस्थापिका संसदको अर्थ समितिले निजगढ विमानस्थल र काठमाडौं तराई फास्ट ट्रयाक सरकारकै लगानीमा बनाउन सरकारलाई निर्देशन दिएको छ ।
आइतबार बसेको समितिको बैठकले यी दुई परियोजना आफ्नै लगानीमा निर्माण गर्न सरकारलाई निर्देशन दिएको हो ।
दुबै कम्पनीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) विदेशी कम्पनीले गरिसकेका छन् । विदेशी कम्पनीले अत्यन्तै महंगोमा प्रस्ताब गरेको भन्दै उनीहरुलाई नदिन सरकारलाई चौतर्फी दबाव परिरहेको छ ।
यसैबेला अर्थ समितिले पनि सरकारले आफैं बनाउनुपर्ने निश्कर्ष निकाल्दै उक्त निर्देशन दिएको हो । इमेजखबरमा समाचार छ ।