बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड सोमबार बिहानै बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर जलयात्राको मज्जा लिनुका साथै निकुञ्जका वन्यजन्तुको अवलोकन गरेका छन् ।
बिहानै हेलिकप्टरबाट हिमाली दृश्यको अवलोकन गर्दै बर्दिया अवतरण गर्नासाथ राजकुमार ह्यारीले गैडामोचर पोस्टबाट बघौरा फाँटसम्म ४० मिनेट जलयात्रा गरे । त्यसपछि झन्डै आधा घन्टा उनले जङ्गलमा पैदलयात्रा गरे ।
राजकुमार ह्यारी पैदल जङ्गल अवलोकन गरेको कार्यलाई त्यहाँ बाघको गतिविधि ट्र्यापिङ गर्दै आएको क्यामरामार्फत