२०७२ सालको प्रवेशिका परीक्षामा सुदूरपश्चिमवाट ७२ हजार भन्दा बढी विद्यार्थीहरु सहभागी

२०७२ सालको प्रवेशिका परीक्षामा सुदूरपश्चिमवाट ७२ हजार भन्दा बढी विद्यार्थीहरु सहभागी हुने भएका छन्। 
 
यही चैत्र १८ गतेवाट सुरु हुने उक्त परीक्षामा सुपका ७२ हजार दुई सय ८८ विद्यार्थी सहभागी हुने क्षेत्रीय शिक्षा निर्देशनालय राजपुर डोटीले जानकारी दिएको छ। सेतोपाटीमा समाचार छ । 
 
निर्देशनालयका शाखा अधिकृत पुर्णवहादुर शाहले दिएको जानकारी अनुसार यस वर्ष गत वर्षका एक सय ९४ र यस वर्ष थप भएका सात गरी दुई सय एक केन्द्रमा परीक्षा सञ्चालन  गरिनेछ। साधारण तर्फ नौ सय ५७ र प्राबिधिकतर्फ १४ गरी नौ सय ७१ बिद्यालय उक्त परीक्षामा सहभागि हुनेछन। सामुदायिक र संस्थागत बिद्यालयको तथ्याँक छुट्टाछुट्टै नराखिएको अधिकृत शाहले बताए। 
 
प्रवेशिका परीक्षामा छात्र भन्दा छात्राको संख्या बढी देखिएको छ। छात्रा ३७ हजार पाँच सय ५७ र छात्र ३४ हजार सात सय ३१ रहेका छन्। एक्ज्याम्टेडतर्फ छात्राको संख्या बढी भएका कारण समग्रमा छात्राको संख्या बढी भएको शाहले जानकारी दिए।