वैदेशिक रोजागरीको ठगी मुद्दामा प्रहरी नियन्त्रणमा रहेका एमाओवादी सांसद ल्हारक्याल लामा बुधबार रिहा भएका छन् ।
वैदेशिक रोजगार बिभागले मागेको ३० लाख धरौटी बुझाएपछि उनी रिहा भएका हुन् । करिब दुई साता अघि बैंकको लकरमा गोली राखेको अभियोगमा पक्राउ परेका लामालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले चैत्त-८ मा ६६ हजार ७ सय ५० रुपैयाँ धरौटी लिएर रिहा गरे लगत्तै उनी अर्को मुद्दामा पक्राउ परेका थिए ।
बिभागको बुद्धनगरस्थित कार्यालयबाट बाहिरदैं गर्दा लामाले आफूमाथि अन्याय भएको संक्षिप्त प्रतिक्रिया दिए । ममाथि अन्याय भएको छ । विभागले मेरो कुरा सुनेन, उनले भने पत्रकार सम्मेलन गरी म आफ्ना कुराहरु सार्वजनिक गर्नेछु । कान्तिपुरमा समाचार छ ।