रिहाईको माग राखेर पेट्रोलियम ढुवानी चालक संघद्वारा विराटनगरबाट इन्धनको ढुवानी वन्द

सहकर्मीको रिहाईको माग राखेर पेट्रोलियम ढुवानी चालक संघले विराटनगरबाट इन्धनको ढुवानी वन्द गरेको छ । संघको वन्दका कारण तीन दिनदेखि पुर्वाञ्चलका १२ जिल्लामा इन्धन ढुवानी हुन सकेको छैन ।
प्रहरीद्धारा इन्धनको कालो वजारीमा संलग्न भएको आरोपमा मुद्दा चलाइएका मजदुरलाई छाड्न दवाव दिँदै चालक संघले इन्धनको ढुवानी वन्द गरेको हो ।
संघको वन्दका कारण पुर्वी नेपालका १२ जिल्लामा संचालित पेट्रोल पम्पहरुमा इन्धनको अभाव भएको छ ।
भारतको बैरैनीबाट इन्धन ल्याएर चालकहरुले नेपाल आयल निगमको क्षेत्रीय डिपोमा इन्धन खन्याउने गरेपनि त्यहाँबाट नेपालका विभिन्न स्थानमा इन्धन ढुवानी रोकेको निगमको क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख भुवन रेग्मीले जानकारी दिए ।
विराटननरस्थित निगमको क्षेत्रीय डिपोवाट कोशी र सगरमाथा अंचलका १२  जिल्लामा इन्धन वितरण हँदै आएको छ ।
इन्धनको कालोबजारीमा संलग्नलाई कुनै पक्षको दबाबमा छोड्न नसकिने मोरङका प्रहरी प्रमुख प्रहरी सन्दिप भण्डारीले बताए । एक साताअघि इन्धनमा कालोबजारी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो । – इमेजखबरमा समाचार छ ।