राष्ट्रपतिद्वारा वाग्मती नदी सभ्यता र संस्कृतिको धरोहर भएकाले यसको संरक्षणमा जुट्न सबैलाई आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती नदी सभ्यता र संस्कृतिको धरोहर भएकाले यसको संरक्षणमा जुट्न सबैलाई आह्वान गरेकी छिन् ।
वाग्मती नदी सफाई महाभियानको १ सय ५० औं हप्ता पुगेको अवसरमा आज काठमाडौंको गुहेश्वरीमा आयोजित कार्यक्रममा उनले वाग्मती नदीलाई पवित्र बनाउनका लागि जुट्न सबैसँग आग्रह गरेकि हुन् ।
नेपाल विश्वकै सुन्दर देशको रुपमा रहेको भन्दै उनले प्राकृतिक सुन्दरता बचाउन पनि आह्वान पारिन । उनले नेपाली र विदेशीको आस्थाको केन्द्रको रुपमा रहेको वाग्मती नदीको उच्च धार्मिक र साँस्कृतिक महत्व रहेकाले यसको संरक्षण आवश्यक रहेको बताइन ।
वाग्मती नदीसँग नेपालीहरुको भावानात्मक सम्बन्ध रहेकाले यसलाई प्रदूषण हुनबाट जोगाउनु सबैको दायित्व भएको उनको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले प्रदूषणका कारण अस्तित्व संकटमा परेको वाग्मती नदीलाई जीवन्तता दिन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइन । 
कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले वाग्मती नदी पुरै सफाई हुन समय लाग्ने भन्दै सोचेजस्तो काम अगाडि बढ्न नसकेको गुनासो गरे ।
उनले नेपालको राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिकलगायतका क्षेत्रमा प्रदूषण बढेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताउनुभयो । वाग्मती नदी सफाई र प्रदूषणरहीत बनाउन सरकारले सहयोग गर्ने उनको भनाई थियो ।
वाग्मती सफाई महाअभियानकै अवसरमा राष्ट्रपति भण्डारीले गुहेश्वरी नजिकै वागमती नदीको किनारमा प्लाष्टिक टिपेर सफाई अभियानमा एक्यबद्धता जनाएकि थिइन ।
यसै अवसरमा राष्ट्रपति भण्डारीले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको हाताभित्र वाग्मती बाल उद्यानको समेत उद्घाटन गरिन ।
कार्यक्रममा वाग्मती नदी, प्रकृति र सुन्दरताको विषयमा भएका बिभिन्न प्रतियोगातात्मक कार्यक्रमका विजयीहरुलाई राष्ट्रपति भण्डारीले पुरस्कार वितरण गरेकि थिइन ।- इमेजखबरमा समाचार छ ।