दिल्लीबाट काठमाडौं आएको जेट एयरलाइन्सको जहाजमा बमको हल्लापछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण बन्द भएको छ।
जहाजमा बम राखिएको हल्ला आएपछि जहाजभित्र रहेका यात्रुलाई स-कुशल निकालिएको विमानस्थलका डिआईजी गोविन्द निरौलाले सेतोपाटीलाई जानकारी दिए। बम छ या छैन भन्ने कुरा हामी अनुसन्धान गर्दैछौ, उनले भने, त्यसकै लागि अहिले काठमाडौंबाट जहाज भित्रिने र बाहिरिने बन्द भएको हो।
४ बजेर ३३ मिनेटमा काठमाडौं अवतरण भएको जेट एयरवेजको बोइङ ७३७-८ ए एल जहाजमा बमको हल्ला भएको हो।
विमानस्थलमा उडान अवतरण बन्द भएपछि नेपाल भित्रने धेरैजसो विमानहरु काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर डाइभर्ट भएका छन् । आन्तरिक उडानका विमानहरुले उडानको दैनिक तालिका स्थगित गरेका छन्। सेतोपाटीमा समाचार छ ।