सयौं प्रदर्शनकारीद्वारा बर्दिया जिल्ला प्रशासन कार्यालयमा धर्ना, घेराउ
चैत्र १४ गते, २०७२ मा प्रकाशित
बर्दिया जिल्ला प्रशासन कार्यालय अगाडी आइतबार सयौं प्रदर्शनकारीले धर्ना दिनुका साथै घेराउ गरेका छन् ।
बबई नदीको बाढीबाट प्रभावित भएकाहरुले पुनस्र्थापनाको माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय बर्दियामा घेराउ गरेका हुन् ।
गत बर्षको बाढीबाट घरवारविहिन बनेका पिडितहरुले घरबासको व्यवस्था र एकमुष्ठ रकम उपलव्ध गराउन माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।
विस्थापित भएको २० महिना बितिसक्दा पनि पुनस्र्थापनाको काम नभएको भन्दै प्रदर्शनमा उत्रिएकाहरुको र्यालीले बजार परिक्रमा गरेपछि जिल्ला प्रशासन कार्यालय अगाडि घेराउ गरेको हो । इमेजखबरमा समाचार छ ।