नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि यही चैत २४ गते निर्वाचन हुने भएको छ ।
संसदीय दलको नेता चयनका लागि गठित तीन सदस्यीय निर्वाचन समितिले आइतबार बहुमतको निर्णयबाट चैत २४ गते दलको नेता चयन र २६ गते दल कार्यसमिति चयनको कार्यतालिका बनाएको हो ।
तीन सदस्यीय निर्वाचन समितिमा सभापति देउवा पक्षका दुई र रामचन्द्र पौडेल पक्षका एक सदस्य छन् । देउवा पक्षका संयोजक रमेश रिजाल र सुरेन्द्र पाण्डेले दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गराएका हुन् ।
आफ्नो कुराको सुनुवाई नभएको भन्दै पौडेल पक्षका गुरुराज घिमिरेले भने निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । उनले संसदीय दलको विधान संशोधन गरेरमात्र मिति तोक्नुपर्ने तर्क गरेका थिए ।
सहमति जुटाउनका लागि आज दिनभर गरेको प्रयास सफल हुन सकेन । दलको नेता बन्न सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले आ-आफ्नो लबिङ तीब्र पारेका छन् ।
आजै पौडेलले आफु निकटका केन्द्रीय सदस्यहरुसँग छलफल गरी आफूलाई दलको नेता बनाउन आग्रह समेत गरेका छन् । इमेजखबरमा समाचार छ ।