महानगरीय प्रहरी परिसरले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्ती सेवन गर्ने १ सय ६३ जनालाई पक्राउ गरेको छ ।
ललितपुरको जावलाखेल, लगनखेल लगायतका स्थानहरुबाट उनीहरुलाई पक्राउ गरिएको डिएसपी इश्वर कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा ३ जना महिलासमेत छन्। उनीहरुलाई पक्राउ गरि कारबाही स्वरुप १६ हजार ३ सय जरिवाना गराइएको डिएसपी कार्कीले बताए। ललितपुर प्रहरीले पछिल्लो केहिदिनदेखि सार्वजनिक स्थानमा चुरोट र सुर्ती खानेलाई पक्राउ गर्न थालेको छ। सेतोपाटीमा समाचार छ ।