विहीबारदेखि सुरु भएको एसएलसी परीक्षाको पहिलो दिन राजधानीसहित देशैभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ ।
विगत वर्षहरुमाभन्दा यस वर्ष तोकिएका प्रायः परीक्षा केन्द्रहरु पहिलो दिन व्यवस्थित देखिएका थिए । इमेजखबरमा समाचार छ ।
रौतहटमा ४ जना निरीक्षकलाई निलम्बन
रौतहटमा भने अमर्यादित काम गरेको भन्दै चारजना निरीक्षकलाई निलम्बन गरिएको छ ।
सिमरा भवानीपुर उच्च माध्यामिक विद्यालय परीक्षा केन्द्रमा गार्ड बसेका चोचा प्राथमिक विद्यालयका शिक्षक ईन्द्र चौधरी, जमुनिया विद्यालयका राम दयाल साह र नेमधारी बासुदेव उच्च माध्यामिक विद्यालयका दुईजना निरीक्षकहरु परीक्षा अवधिभर गार्ड बस्न नपाउने गरी निलम्बनमा परेका हुन् ।
महोत्तरीमा ८ बोरा चिट बरामद
यस्तै, महोत्तरीस्थित राम उच्च माध्यामिक विद्यालय मटिहानीबाट एकजना निरीक्षकलाई निश्कासन गरिएको छ ।
यस्तै, परीक्षाको नियमविपरीत हो