भूकम्पप्रभावित जिल्लाहरुमा पुनःनिर्माणको काम हुन नसक्दा बालबालिका, सुत्केरी महिला र बृद्धबृद्धाहरु बढी समस्यामा परेको एक अध्ययनले देखाएको छ ।
सबैका लागि न्याय, महिला कानुन तथा विकास मञ्च र राष्ट्रिय निवार्चन पर्यवेक्षण समितिले संयुक्तरुपमा भूकम्पप्रभावित ६ जिल्लामा गरेको अध्ययनले अशिक्षाका कारण धेरै मानिसले नक्सापास गरेर घर बनाउन नसकेको, भूकम्पप्रभावित महिलाहरुले भूकम्पप्रभावितको परिचयपत्र नपाएको र शारीरिकरुपमा अशक्त र अपांगता भएका मानिसहरुले क्षति भएका घरहरु भत्काउन नसकेको देखाएको छ ।
यस्तै, अध्ययनले सिन्धुपाल्चोकका १३ गाविसमा गाविससचिव नै नभएका कारण पुनःनिमार्णकार्य हुन नसकेको पनि देखाएको छ । – इमेजखबरमा समाचार छ ।