सरकारले बौद्ध सम्मेलनका लागि एक करोड र हिन्दु सम्मेलनका लागि २० लाख रूपैयाँ दिने सरकारले निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि एक करोड रुपैयाँ दिने निर्णय गरेको खानेपानी तथा सरसफाइमन्त्री प्रेम बहादुर सिंहले जानकारी दिए।
वौद्ध सम्मेलनका लागि आयोजकले पाँच करोड माग गरेको भएपनि सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय लिएको हो। वौद्ध सम्मेलन आउँदो जेठ ६ र ७ गते काठमाडौंमा हुँदैछ।
यसअघि न्यूयोर्क भ्रमणका क्रममा पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले राष्ट्रसंघका महासचिव वान कि मुनलाई भेटेरै वौद्ध सम्मेलनको निम्तो दिएका थिए।
यसैगरी बैठकले विश्व हिन्दु सम्मेलनका लागि २० लाख रुपैयाँ दिने निर्णय गरेको खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए।
विश्व हिन्दु महासंघको आयोजनामा नेपालमा हिन्दु सम्मेलन हुँदैछ। महासंघले सम्मेलनका लागि सरकारसँग बजेट माग गरेकाले त्यसका लागि २० लाख रुपैयाँ उपलब्ध गराउने नि र्णय मन्त्रिपरिषदको बैठकले लिएको हो।
यस्तै मन्त्रिपरिषदको बैठकले पाँच