रारा गाविस मुर्मा गाउँका धनसिंह रोकाया गाउँ वर्षाैंदेखिको खानेपानीको मूल सुकेपछि चिन्तित भएका छन् ।
करिब ७० घरधुरी रहेको उक्त मुर्मा गाउँका स्थानीयवासीलाई भोकमरीभन्दा पिउने पानीको बढी चिन्ता छ । पानीको मुहानमा पालो लगाएर एक घरलाई एक गाग्री पानी भाग लगाउने गरिएको छ ।
फाइल तस्बिर: सेतोपाटी
मुर्मा गाउँका स्थानीयवासीलाई रातभर जाग्राम बसेर एक गाग्री पानी पाउन कठिनाइ भएको धनसिंहले बताए। लामो खडेरीमा पनि कहिल्यै नसुकेको पानीको मुहान यो पटक सुक्दा समस्या भएको उनले सुनाए।
रुगा गाविसका १५० दलित परिवारलाई उस्तै पानीको सङ्कट देखिएको छ । गाउँदेखि आघा घन्टा टाढा खडेरीले कुवा सुक्न थालेपछि एक गाग्री पानी पाउन मुस्किल हुन थालेको छ ।
कुवामा पानी भर्न रुगा गाउ