नवलपरासीको सुनवलमा हाट बजारलाई अन्यन्त्र सार्ने विषयमा उग्र रुप लिंदा झडप, अश्रु ग्यास प्रहार

नवलपरासीको सुनवलस्थित आईतबारे साप्ताहिक हाट बजारलाई अन्यन्त्र सार्ने विषयमा भएको विवादले उग्र रुप लिंदा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ ।
आइतबार दिउँसो भएको झडपमा दुई स्थानीय र एक प्रहरीसहित तीन जना घाईते भएका छन् । स्थिति तनावपूर्ण बन्दै गएपछि नियन्त्रण लिन सात राउण्ड अश्रु ग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।
हाट बजार अन्यन्त्र स्थानान्तरण नगर्ने व्यवसायीहरुको अडानमा केही स्थानीयवासीहरुले समर्थन गरेपछि नगरपालिकाले सहमति कार्यान्वयन गराउन प्रहरीको सहयोग लिएको हो । 
झडपका क्रममा प्रहरी जवान चित्रबहादुर कुमाल घाईते भएका छन् । उनको दाहिने कुम भाँचिएको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।