पाल्पाको दुर्गम क्षेत्रमा रहेको जुठापौवा गाउँ विकास समितिमा विद्युत विस्तार भएपछि स्थानीय खुसी भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको १६ लाख र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत् ४७ लाख गरी कुल ६३ लाखको लागतमा विद्युत् विस्तार गरिएको हो ।
यस क्षेत्रका जुठापौवा, सत्यवती, बल्ढेंगढी गाउँ विकास समितिलाई लक्षित गरी योजनाको सुरु गरिएको हो ।
विद्युत्को पहुँच नहुँदा यस क्षेत्रका जनता सन्चारका साधन उपयोग गर्नबाट बन्चित थिए ।
विद्युत् विस्तार भएसँगै २० हजारभन्दा वढी स्थानीय लाभान्वित भएका छन् । इमेजखबरमा समाचार छ ।