सुनसरीको धरानमा दुईदिने क्षेत्रीय सुरक्षा बैठक शुरु भएको छ ।
भोलिसम्म चल्ने बैठकले वर्तमान सुरक्षा अवस्थाको समीक्षा र भावी रणनीति तयार गर्नेछ ।
पूर्वी तराईका जिल्लामा बढ्दै गएको आपराधिक घटना नियन्त्रणमा पनि बैठक केन्द्रित हुनेछ ।
बैठकमा गृहमन्त्री शक्ति बस्नेत, गृह सचिव नारायण मलेगो, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका कायम मुकायम महानिरीक्षक दुर्जकुमार राई, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिपकुमार रेग्मीलगायत पूर्वाञ्चलका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको उपस्थिति रहेको छ ।
कार्यक्रममा गृहमन्त्री शक्ति बस्नेतले कुनै पनि हालतमा सरकार परिवर्तन नहुने ठोकुवा गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमै राष्ट्रिय सहमतिको सरकार बनाउनु उपयुक्त हुने भन्दै कांग्रेसलाई पनि सहमतिको सरकारमा आउन आह्वान गरे । इमेजखबरमा समाचार छ ।