कर्णाली यातायात व्यवसायीको बन्दका कारण यात्रु विचल्लीमा परेका छन् । बिहीबार दिउँसोदेखि कर्णाली यातायात व्यवसायी संघले चन्दननाथ प्रालिको नाममा अवैधानिक रुपमा कर्णालीमा वस सञ्चालन गर्न लागि रहेको भन्दै एक प्रेस विज्ञाप्ती निकालेर वन्द गराएको हो । अहिले राजमार्गको विच सडकमा वस तेर्साएर वन्द गरेपछि यात्रुहरु समस्यमा परेका छन् ।
सयौ यात्रुहरु वस छुट्ने आसमा बिहीबारदेखि नै बसपार्कमा बसेका छन् । जुम्लादेखि सुर्खेत नेपालगन्ज, काठमाडौं र छोटो दुरीमा चल्ने बस छुट्न सकेका छैनन् ।
चन्दननाथ प्रालिले बिहान काउण्टर उद्घाटन गरेर बस सेवा सञ्चालन गर्ने भन्दै सडकमा बस लाइन लगाएको छ । कर्णालीको काउण्टर अगाडि कर्णालीका बस तेर्साइएका छन् भने चन्दननाथ प्रालिले लामो तथा छोटो दुरीका वस लाईनमा लगाएर कुनै पनि हालतमा सञ्चालन गर्ने भनेको छ ।
यता जिल्ला प्रशासन कार्यालय जुम्लाले राजमार्ग अवरुद्ध खुलाउन प्रयास भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले व्यवसायी विचको आन्तरिक विवादले यात्रुको विचल्ली हुन नहुने भन्दै प्रशासनको निर्देशन अटेर गरे बल प्रयोग गरेर भएपनि खुलाइने बताए । उनका अनुसार कर्णाली यातायात र चन्दननाथ प्रालिको कागजात झिकाएर अनुसन्धान गरिने प्रतिक्रिया दिए ।
यता चन्दननाथ प्रालिका अध्यक्ष बखतबहादुर थापा मुन्नाले वैधानिक रुपमा आफ्नो व्यवसाय दर्ता गरिएको भन्दै कसैले पनि प्रश्न गर्न नपाउने वताए । उनले भने सहजै रुपमा नेपाल सरकारले कायम गरेको भाडादरमै सवारी सञ्चालन गर्ने बताए । उनका अनुसार कर्णालीले सुर्खेत सम्म १ हजार ४ सय लिने गरेकोमा चन्दननाथ प्रालीले १ हजार २ सयमा लिने, नेपालगन्जसम्म कर्णालीले १ हजार ६ सय लिदै आएकोमा चन्दननाथले १ हजार ३ सय ९० लिने भएको छ ।
यसैगरी छोटो दुरीका वसमा नाग्म सम्म कर्णालीले दुई सय २० मा लिँदै आएकोमा चन्दननाथ यातायातले एक सय ५० रुपैयाँमा लिने जानकारी दिए । कान्तिपुरमा समाचार छ ।