ताप्लेजुङको तोक्मेडाँडा क्षेत्रमा आगलागी प्रभावितका समस्या ज्यूँका त्यूँ, आश्वासन बाहेक केही पनि पाएनन्

ताप्लेजुङ सदरमुकामस्थित तोक्मेडाँडा क्षेत्रमा आगलागी भएको एक वर्षभन्दा बढी बितिसकेको छ । तर, आगलागी प्रभावितका समस्या भने ज्यूँका त्यूँ छन् । इमेजखबरमा समाचार छ । 
एक वर्षअघि भएको आगलागीमा यहाँका ४४ घर पूर्णरुपमा नष्ट भएका थिए ।
सरकार समक्ष स्थायी पुनर्वास, विना व्याज ऋणको व्यवस्था लगायतका माग राखेका ताप्लेजुङ तोक्मेडाँडाका आगलागी पीडितले एक वर्षसम्म आश्वासन बाहेक केही पनि पाएनन् ।
तत्कालिन प्रधानमन्त्री सुशील कोईराला, गृहमन्त्री बामदेव गौतम लगायत देशका उच्च पदस्थ अधिकारीबाट पीडितले सो समयमा गतिलै आश्वासन पाएका थिए । आगलागी पीडित परिवारको तत्कालको सबैभन्दा ठूलो माग मेची राजमार्ग तोकिएको तोक्मे क्षेत्र हुँदै बीच बजारबाट प्रवाह भएको मार्गको विकल्प बजार बाहिरबाट खोजिनुपर्ने रहेको थियो ।
तत्कालिन सरकारले गएको असोज ३ गते फुङलिङ बजार बाहिरबाट मेची राजमार्गको बिकल्प खोज्न सकिने आधारको निर्णय गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान अझै सकेको छैन ।
२०६९ सालको जेठ दोस्रो साता भएको मन्त्रीस्तरीय निर्णयले मेची राजमार्गको झापाको केचनादेखि ईलाम-पाँचथर-ताप्लेजुुङ हुँदै उत्तरको सिमावर्ती क्षेत्र घाङ्ग्रिलासम्मको भागमा राजमार्गको क्षेत्राधिकार ३० मिटर हुने निर्णयले आगलागीग्रस्त तोक्मे क्षेत्रका बासिन्दा प्रभावित बनेका थिए ।
सरकारको उतिबेलाको निर्णय अनुसार मेची राजमार्गको क्षेत्र आगलागीग्रस्त तोक्मे क्षेत्र हुँदै शान्तिटोलबाट पराजुली चौक-बुद्धचौक हुँदै सेती चौताराबाट उकालो लाग्ने गथ्र्यो । आगलागी पीडित परिवारले सरकारले गरेको निर्णय कार्यान्वयनमा सरकारको दृष्टी सहि हुनुुपर्ने माग गरेका छन् ।
यता, ताप्लेजुुङ नगरपालिकाले भने हाल आगलागीग्रस्त क्षेत्रमा बनेका घर