सरकारले एकैपटक डेढ दर्जन देशहरुमा राजदूत नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १८ ओटा देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेको हो । हाल २१ ओटा देशमा राजदूत खाली रहेका छन् ।
मन्त्रिपरिषद बैठक जारी रहेकाले राजदूतमा सिफारिस गरिएका व्यक्तिहरुको नाम सार्वजनिक भइसकेको छैन ।
यद्यपि, सत्ता गठबन्धनमा रहेका दलहरु र विपक्षी नेपाली कांग्रेसलगायतका दलहरुलाईसमेत समेट्ने गरी राजदूत सिफारिस गरिएको स्रोतले जनाएको छ ।
संसदीय सुनुवाइपछि नियुक्ति प्रक्रिया सुरु हुनेछ । – इमेजखबरमा समाचार छ ।