सरकारले संविधान जारी भएको दिन असोज तीनलाई ‘राष्ट्रिय दिवस’को रुपमा मनाउने भएको छ ।
लोकतन्त्र दिवस, प्रजातन्त्र दिवसको सार्वजनिक विदा कटाएर संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको हो । यसअघि बैशाख ११ गते मनाइँदै आएको लोकतन्त्र दिवसको बिदा सरकार कटाएको थियो ।
अब फागुन ७ गते मनाइँदै आएको प्रजातन्त्र दिवसमा पनि सरकारी औपचारिक कार्यक्रम हुने छैन । जनताका अधिकारका लागि भएका सबै आन्दोलनहरुका उपलब्धी संविधान सभाबाट जारी भएको संविधानले संस्थागत गरेकाले उक्त संविधान जारी भएकै दिनलाई ‘राष्ट्रिय दिवस’ मनाउने उपयुक्त हुने भन्दै मन्त्रिपरिषदको मंगलबारको बैठकले निर्णय गरेको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।
मन्त्रिपरिषद्ले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मुकुन्दप्रकाश घिमिरेलाई क्षेत्रीय प्रशासन हेटौंडा र विश्वनाथ ओलीलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ । कान्तिपुरमा समाचार छ ।