काठमाडौमा मधुमेह, थाइराइड तथा हर्माेन रोगसम्वन्धी बिशेज्ञ सेवाको औपचारिक शुरुवात

काठमाडौ डाइविटिज एण्ड थाइराइड सेन्टर प्रालिले मधुमेह, थाइराइड तथा हर्माेन रोगसम्वन्धी बिशेज्ञ सेवाको औपचारिक शुरुवात गरेको छ ।
 
ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल परिसरमा संचालन भएको सेन्टरको स्वास्थ्यमन्त्री रामजनम चौधरीले औपचारिक उदघाट्न गरेका हुन । सो अवसरमा बोल्दै स्वास्थ्यमन्त्री चौधरीले पछिल्लो समय नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गएको र मधुमेह र थाइराइडको अवस्था अझै भहावह बन्दै गएकाले नियन्त्रणका लागी जनचेतना जगाउन आवश्यक रहेको बताए ।
 
मधुमेह तथा थाइराइडका बिरामीलाई व्यवस्थित रुपमा बिशेषज्ञ उपचार सेवा दिने उद्देश्यले सेन्टर संचालनमा ल्याइएको सेन्टरका संस्थापक अध्यक्ष  कुमार थापाले बताए । बरिष्ठ मधुमेह थाइराड र हर्माेन रोग बिशेषज्ञ डा. अंशुमाली जोशीसहितको चिकित्सकको टोलीले सेन्टर मार्फत बिरामीलाई सेवा प्रदान गर्नेछ ।
 
पछिल्लो समय मधुमेह, थाइराड र हर्माेनको समस्या बिकराल रुपमा बढ्दै गइरहेको भन्दै सेन्टरका निर्देशक समेत रहेका डा. जोशीले यस सेन्टर मार्फत अन्तराष्ट्रिय स्तरको बिशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य राखिएको बताए । सेन्टरका संस्थापक अध्यक्ष थापाले मधुमेह थाइराड र हर्माेन रोगका बिरामीलाई उपचारको पहुँचमा ल्याउन राजधानी बाहिर गएर समेत सेवा प्रदान गर्ने लक्ष्य राखिएको बताए । थापाले अल्का अस्पताल मार्फत बिरामीको चाप हुने अन्य बिभागलाई बिशेष व्यवस्थित रुपमा संचालन गर्ने तयारी भइरहेको बताए । सेतोपाटीमा समाचार छ ।