अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई अकूत सम्पति जोडेको अभियोगमा शुक्रबार हिरासतमा लिएको छ ।
अध्यक्ष दीक्षितलाई पाटनढोकाबाट आयोगका कर्मचारी र नेपाल प्रहरीले पक्राउ गरेको हो ।
आयोगकाअनुसार दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २०८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबीसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र एप्पल बैंक अमेरिकामा बेलायती मुद्रा चार हजार १२६ रहेको अध्ययनकोक्रममा पत्ता लागेको छ ।
यस्तै, कमलमणि दीक्षित, अन्जु दीक्षितको नाममा एचएसबीसी बैंकमा रहेको खाताबाट भारत दिल्लीस्थित म्याट्रिक्स टिभी प्रालिको नाममा ५० हजार अमेरिकी डलर पठाएको पाइएको तर नियमानुसार नेपाल राष्ट्र बैंकलाई जानकारी नगराएको आयोगले जनाएको छ ।
त्यस्तै, दीक्षित दम्पतीको नाममा एसबीसी बैंक बेलायतमा २७ हजार ६३८ बेलायती मुद्रा मौज्दात रहेको, स्टयान्डर्ड बैंक बेलायतको ३६ हजार सेयर कनकमणिको नाममा रहेको र दम्पतीको नाममा एसबीसी बैंकको एक लाख २० हजार साधारण सेयर रहेको देखिएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय संघ तथा संस्थाबाट रु ११ करोड १२ लाख ४९ हजार ४३५ सहयोग लिएको र कुन प्रयोजनका लागि खर्च गरेको प्रस्ट नभएको, विभिन्न निकायबाट प्राप्त गरेको तलबभत्ता, लाभांश तथा सुविधाबापत रु पाँच करोड आम्दानी गरेको भएपनि आम्दानीभन्दा बढी रु सात करोड खर्च गरे पनि त्यसको आधार प्रस्ट नदेखिएको जनाइएको छ ।
दीक्षितले अमेरिकामा २०१० नोभेम्बर १० मा अमेरिकी डलर चार लाख ३५ हजारमा अपार्टमेन्ट खरिद गरेको, लामाटार