खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापनका लागि ग्यास सर्वसुलभ नहुन्जेल जुनसुकै उद्योगको सिलिन्डर साट्न मिल्ने प्रबन्ध मिलाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
व्यवस्थापिका-संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा सभासदहरुले फरक-फरक उद्योगका सिलिन्डरका कारण उपभोक्ताले सहजरुपमा ग्यास पाउन नसकेको भन्दै आपूर्ति सहज नभएसम्म सिलिन्डर साट्न मिल्ने प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिनुपर्ने बताएका थिए ।
बैठकले ग्यास व्यवसायीहरुलाई उपभोक्ताप्रति इमान्दार बनाउन आवश्यक कदम चाल्नुपर्नेमासमेत सरकारको ध्यानाकर्षण गराएको छ ।
संकट व्यवस्थापनका लागि सरकारले बनाउने भनेको ग्यास भन्डारणको क्षमता कम्तिमा पनि तीन महिनासम्मलाई धान्नसक्ने हुनुपर्नेमा पनि सभासदहरुले जोड दिएका छन् ।
बैठकमा उद्योगीहरुले भने तत्काल समस्या समाधानका लागि सरकारले ग्यासको आयात दोब्बरले बृद्धि गरी महिनाको ६०-६५ मेट्रिकटन पुर्याउनुपर्ने माग गरका थिए । इमेजखबरमा समाचार छ ।