महाभूकम्पमा घरको भग्नावशेष भित्रबाट २२ घण्टापछि जीवितै उद्धार गरिएका सोनिसलाई नेपाली सेनाद्वारा शैक्षिक वृत्ति उपलब्ध

 महाभूकम्पको समयमा घरको भग्नावशेष भित्रबाट २२ घण्टापछि नेपाली सेनाद्वारा जीवितै उद्धार गरिएका सोनिस अवाललाई नेपाली सेनाले शैक्षिक वृत्ति उपलब्ध गराउने भएको छ । 
 
प्रधान सेनापति राजेन्द्र क्षत्रीले आजे एक समारोहबीच सोनिसलाई शैक्षिक वृत्ति उपलब्ध गराउने सम्बन्धमा प्रतिबद्धता व्यक्त गरेका छन्। 
 
सोनिसलाई नेपाली सेनाले भक्तपुर सल्लाघारीस्थित सैनिक आवासिय महाविद्यालयमा कक्षा ६ देखि स्नातक तहसम्मको शैक्षिक वृत्ति उपलब्ध गराउने भएको छ । त्यस्तै, कक्षा ५ सम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा नै अध्ययन गराई सो अवधीभर निजलाई निश्चित रकम, पाठ्यपुस्तक तथा निर्वाह खर्च समेत नेपाली सेनाले नै उपलब्ध गराउने भएको छ ।    सेतोपाटीमा समाचार छ ।