गुल्मीको बडागाउँ गाविसको सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा ७० र गुल्मीकै छानापर्टी गाविसमा लागेको आगोले १५ घर जलेर नस्ट भएका छन् ।
डाँडाथोक सामुदायिक वनमा लागेको आगो दजाकोट गाउँमा पस्दा सिंगो बस्तीमा आगलागी भइरहेको हो ।
एक सातादेखि सामुदायिक वनमा लागेको आगो शनिबार बिहानैदेखि मञ्ज्याङ, माझगाउँ र दजाकोटबाट बस्तीमा पसेको हो ।
तीनतिरबाट बस्तीमा आगो पसेको र हावाहुरीका कारण नियन्त्रणको सम्भावना नभएको बताइएको छ । आगोमा परेर कयौं पशु