राष्ट्रिय पुनर्निर्माण प्राधिकरणपोखराद्वारा उपक्षेत्रीय कार्यालयहरुमा छ जना सह-सचिवलाई पदस्थापन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपक्षेत्रीय कार्यालयहरुमा छ जना सह-सचिवलाई पदस्थापन गरेको छ। सह-सचिव खोमराज कोइरालालाई काठमाडौं, रमेशकुमार केसीलाई ललितपुर, सुमन दाहाललाई काभ्रेपलाञ्चोक, नारायणप्रसाद सापकोटालाई नुवाकोट, शिवराम न्यौपानेलाई दोलखा र जितेन्द्र बस्नेतलाई गोर्खामा पदस्थापन गरिएको हो। 
 
पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार काठमाडौं उपक्षेत्रीय कार्यालयले काठमाडौं र भक्तपुर, ललितपुर उपक्षेत्रीय कार्यालयले ललितपुर र मकवानपुर, काभ्रपलाञ्चोक उपक्षेत्रीय कार्यालयले काभ्रेपलाञ्चालेक र सिन्धुली, नुवाकोट उपक्षेत्रीय कार्यालयले नुवाकोट र रसुवा, गोर्खा उपक्षेत्रीय कार्यालयले गोर्खा र धादिङ तथा दोलखा उपक्षेत्रीय कार्यालयले दोलखा, रामेछाप र ओखलढुङ्गामा पुनर्निर्माणको समन्वय र अनुमगन गर्छन्। 
 
यस अघि नै सिन्धुपाल्चोक विशेष सम्पर्क कार्यालयमा पदम अर्याललाई पदस्थापन गरिएको थियो। यसैबीच, केन्द्रीय आयोजना कार्यान्वय इकाईलाई कार्यक्रम खर्च, भवन निर्माण लगायतका क्रियाकलाप सञ्चालन गर्न ३ करोड ५९ लाख ८९ हजार रुपैयाँ अख्तियारी प्रदान गरिएको छ। 
 
गोर्खा जिल्लाको लाप्राकमा लाप्राक नमूना बस्ती विकास दुई वर्षभित्रमा सम्पन्न गर्ने गरी काम अघि बढाउन गैरआवासीय नेपाली संघलाई प्राधिकरणले अनुरोध गरेको छ। 
भूकम्प गएको एक वर्ष पुगेको दिन वैशाख १२ गते लाप्राकमा नमूना बस्ती विकासका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र गैरआवासीय नेपाली संघबीच त्रिपक्षीय सम्झौता भएको थियो। सेतोपाटीमा समाचार छ ।