वर्तमान सरकार ढलाएर नयाँ सरकार बनाउने विषयमा कांग्रेस र मधेसी मोर्चाबीच बैठक

वर्तमान सरकार ढलाएर नयाँ सरकार बनाउने विषयमा संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेस र संयुक्त मधेसी मोर्चाबीच बैठक भएको छ ।
कांग्रेसले प्रस्ताव गरेको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनाउने एमाओवादी पदाधिकारी बैठकले निर्णय गरेपछि नयाँ राजनीतिक सरगर्मी सुरु भएको हो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कोषाध्यक्ष सितादेवि यादव तथा नेताहरु गोपालमान सिंह, महेश आचार्य, विमलेन्द्र निधी, चिनकाजी श्रेष्ठलगायत सहभागी छन् । मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय फोरम अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो तथा नेताहरु लक्ष्मणलाल कर्ण, राजकिशोर यादवलगायत सहभागी छन् । कान्तिपुरमा समाचार छ ।