मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नवनिर्वाचित अध्यक्ष विजय कुमार गच्छदारले बहुमतिय सरकारले राजनीतिक समस्या समाधान नहुने बताएका छन् । देशको बिद्यामान समस्याको समाधान नगर्ने भन्दै सहमतीय सरकारको गठन केहि महिनामै गरिने बताए । गच्छदारले अहिलेको सरकारको आयु तीन महिना मात्र भएको बताए ।
बहुमतिय सरकारले राजनीतिक समस्या नहुने भन्दै उनले सहमतीय सरकारको नेतृत्व प्रचण्डले गर्ने उद्घोष गर्दै उक्त सरकारमा नेपाली कांग्रेसको समेत सहभागीता हुने दाबी गरे ।
सुनसरी सदरमुकाम इनरुवामा कार्यकर्तासँग कुरा गर्दै गच्छदारले तत्कालका लागि राजनीतिक अस्थिरताको अन्त्य भएको बताउँदै आंफैले प्रचण्डलाई बजेट ल्याउने समय सम्मका लागि ओली सरकालाई सहयोग गर्न आग्रह गरेको र त्यस पछि आफ्नै नेतृत्वमा सरकार बनाउने कुरामा आफुले सहयोग गर्ने बचन प्रचण्डलाई दिएको समेत गच्छदारले खुलाए ।
संविधान कार्यन्वयनका लागि कुनै पनि दल सरकार बाहिर रहनु युक्तिसँगत नहुने भन्दै दीर्घकालिन शान्ति स्थापनाका लागि सहमतीय सरकारले कम्तिमा तीन वर्ष काम गर्नुपर्ने गच्छदारको जोड थियो ।
सरकारले प्रस्तुत गर्ने बजेट ऐतिहांसिक हुने भन्दै यस पटकको बजेटमा सरकार बाहिरका दलहरुले पनि अपनत्व महसुश गर्ने बताए ।