नेपाली कांग्रेसका सांसद प्रेमकिशोर प्रसाद साह तेलीले सांसदलाई पनि पेन्सनको व्यवस्था गर्न माग गर्नुभएको छ ।
आर्थिक वर्ष २०७३/७४ को बजेट पूर्वको छलफलमा भाग लिँदै सांसद साहले बजेटमार्फत सांसदलाई पनि पेन्सनको व्यवस्था गर्न माग गर्नुभएको हो ।
जीवनभर राजनीति गरेका व्यक्तिको वृद्ध भएपछि कमाइको बाटो नहुने भएकाले आगामी आर्थिक वर्षको बजेटमा सांसदहरुका लागि पेन्सन दिनुपर्ने उहाँको तर्क छ ।