व्यवस्थापिका-संसदले आर्थिक वर्ष २०७३/०७४ का लागि सरकारले प्रस्तुत् गरेको नीति तथा कार्यक्रम पारित गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २६ गते सदनमा प्रस्तुत् गरेको सरकारको नीति तथा कार्यक्रममाथि सदनमा चार दिनसम्म छलफल भएको थियो ।
छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत् गरिएको उक्त प्रस्तावलाई ध्वनिमतका आधारमा बहुमतले अनुमोदन गरेको हो ।
नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल प्रस्तावक र एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेको उक्त प्रस्तावमा भनिएको छ-राष्ट्रपतिद्वारा व्यवस्थापिका-संसदको दोस्रो अधिवेशनलाई वैशाख २६ गते आइतबारका दिन गरेको सम्बोधनको लागि व्यवस्थापिका-संसदको यो बैठक राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ ।