संसद नियमावली २०७३ माथि ७ वटा संशोधन प्रस्ताव दर्ता, मतदानबाट टुंगो लगाइने

व्यवस्थापिका-संसद नियमावली २०७३ माथि ७ ओटा संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता भएका छन् ।
नेपाली कांग्रेसले दुईओटा, मजदुर किसान पार्टीले दुईओटा, नेपाली जनता दल, खम्बुवान राष्ट्रिय मोर्चा र एमालेको तर्फबाट एक-एकओटा संशोधन प्रस्ताव दर्ता गरिएको जनाइएको छ ।
संशोधन प्रस्ताव दर्ता गर्ने सोमबार अन्तिम दिन हो । यी प्रस्तावहरु अब संसदमा पेश हुने र मतदानबाट टुंगो लगाइने छ ।   – इमेजखबरमा समाचार छ ।