बाजुराको कवाडी खोलाले बगाएर दुई बालकको मृत्यु

बाजुराको कवाडी खोलामा मंगलवार राति आएको बाढीले बगाएर रुगीन-६ कवाडीका दुई बालकको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका भएका छन् । घाइतेहरुको रुगिन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
कवाडीका दश वर्षीय निखिल बुढा र ६ बर्षका दिर्घ बुढाको मृत्यु भएको छ । नैरता भण्डारी, छनकला बुढथापा, मन बुढथापा, मोहन सुनार, रीउली बुढथापा, कुशुमकला बुढथापा र उम्कला बुढथापा घाइते भएको प्रहरीले जनाएको छ ।
लामो खडेरीपछि आएको मुसलधारे वर्षासंगै कवाडी खोलामा आएको बाढीले कवाडीका ५० बढी घर छाना समेत बगाएको छ । चौपायाहरु समेत बगेका छन् । ३० बाख्रा र सात गाई बगाएको स्थानयीले बताएका छन् ।
सदरमुकाम मार्तडीबाट कम्तीमा अढाई दिनको पैदलमा पर्छ । घटनास्थलमा उद्धारका लागि बिच्छ्याा र कुण्डा प्रहरी चौकीबाट प्रहरी परिचालन गरीएको प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले बताए । कान्तिपुरमा समाचार छ ।