नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको अवसरमा आज नेपालमा गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ ।
दोस्रो लोकतान्त्रिक जनआन्दोलन २०६२-६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आइएको छ ।