बिमलकी बहिनीको मृत्यु र उद्योगपति केडिया अपहरणबारे जानकारी गराउन माग

व्यवस्थापिका संसद् आजको बैठकमा  सांसद् विक्रम खनालले नवलपरासी बर्दाघाट निवासी मनिषा घर्तीमगरको हत्या शंकास्पद मृत्यु रबाराका उद्योगपति सुरेशकुमार केडियाको अपहरणबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।
सभामुख ओनसरी घर्तीसँग समय लिई अर्का सांसद् दिलशोभा पुनले नवलपरासी बर्दाघाटका मनिषा घर्तीमगरको शङ्कास्पद मृत्युका बारेमा उच्चस्तरीय छानबिन समिति गठन गरी छानबिन गर्न र दोषिमाथि कारबाही गर्न माग गर्नुभयो ।
सांसद टेकबहादुर बस्नेतले भूकम्प प्रभावित जनतालाई आवास निर्माण गर्न वर्षात् अगाडि नै आर्थिक रकम वितरण गरिसक्न पुनःनिर्माण प्राधिकरणले ध्यान नदिएको गुनासो गर्नुभयो ।
सांसद परशुराम तामाङले भूकम्पबाट क्षति भएका एकहजार १८ गुम्बा  पुनःनिर्माणमा सरकारको ध्यान जाओस् भन्नुभयो ।
सांसद् डा. सुवोध पोखरेलले संविधान कार्यान्वयनमा सरकार र दलहरु जिम्मेवार बन्नुपर्छ भन्नुभयो । सांसद प्रेम सुवालले नेपालको सीमामा भारतीय प्रहरी आउन भारत सरकारले रोक्नुपर्छ भन्नुभयो ।
सांसद जनकराज जोशीले निजामति सेवालाई राजनीतिकरणले तहसनहस पारेको चर्चा गर्दै निजामति सेवामा ट्रेडयुनियन अधिकार आवश्यक छ की छैन समीक्षा गर्ने बेला आएको बताउनुभयो ।
सांसद् राजेन्द्रबहादुर अमात्यले बाराका उद्योगपति सुरेशकुमार केडियाको अपहरणकारीको खोजी गरी उहाँलाई अपहरणमुक्त गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद विदुर सापकोटाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत सांसद  गरिब जनताको घर आँगनमा पुगिरहेको हुँदा यस्ता लोकप्रिय कार्यक्रमलाई बन्द नगर्न माग गर्नुभयो ।
अर्का सांसद नारायणबहादुर कार्कीले संविधान कार्यान्वनमा राजनीतिक दलहरु गम्भीर बन्न आग्रह गर्नुभयो ।
सांसद लालबहादुर रावलले बझाङ जिल्लालाई सुख्खाग्रस्त जिल्ला घोषणा गर्न माग गर्नुभयो ।
बैठकमा बाढी पहिरोले पुर्‍याएको जनधनप्रतिको क्षतिप्रति गम्भीर बन्न सभामुख ओनसरी घर्तीले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
शून्य समय
सांसदले भूकम्पबाट अति प्रभावित ३१ जिल्लामा भूकम्पपीडित जनता आवास निर्माणका लागि रकम विनियोजन गर्न, पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट भत्किएका घर क्षतिको लागत सङ्कलनमा धेरै छुटेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।
व्यवस्थापिका संसद्को आजको बैठकको शून्य समयमा उहाँ ज्येष्ठ नागरिक आन्दोलनमा रहेका हुँदा माग सम्बोधन गर्न, स्थानीय निकायलाई प्रभावकारी बनाउन र सडकलाई सुरक्षित बनाउन माग गर्नुभयो । 
आफ्नो धारणा राख्नेमा कृष्णप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, गणेश पहाडी, गणेशसिंह ठकुन्ना, गणेशमान गुरुङ, गुरुप्रसाद बुर्लाकोटी, गौराप्रसाई कोइराला, चुडामणि बुर्लाकोटी, जगदीशनरसिंह  केसी, जीतबहादुर दर्जी मगर, तुलाराज विष्ट, डिल्लीप्रसाद काफ्ले हुनुहुन्थ्यो ।
तराई मधेस केन्द्रित दलद्वारा सदन  बहिष्कार
व्यवस्थापिका संसद्को आजको बैठक सुरु हुनासाथ सांसद गङ्गा चौधरीले विभिन्न माग राखी आदिवासी, जनजाती, थारु तथा मुस्लिम समुदायले सुरु गरेको आन्दोलन एकवर्ष बित्न लाग्दा पनि सरकारले माग पूरा गर्न कुनै सुनुवाई नगरेकोमा आपत्ति जनाउनुभयो ।
उहाँले तराईका २२ जिल्लामा जारी आन्दोलन काठमाडौं केन्द्रित रहेको चर्चा गर्दै बाराका उद्योपति सुरेशकुमार केडिया अपहरणमा परेको हुँदा उहाँको अवस्थाका बारेमा सदनमा जानकारी दिन सरकारसित माग गर्नुभयो ।
यसपछि सांसद् चौधरीले आजको सदनको बैठक पनि तराई मधेस केन्द्रित दलले भाग नलिने भन्दै आ