सांसदहरुले कैलालीको टीकापुर घटनामा संलग्न भएको भन्दै पक्राउ परेकाहरुलाई रिहा गर्न माग समेत गरेका छन् ।
थरुहट तराई पार्टीकी सांसद गंगा चौधरीले अधिकार माग्दा कैलालीको टीकापुर घटनामा सरकारले दमन गरेको भन्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरिन् ।
संसद बैठकमा सांसद चौधरीले अधिकारका लागि संघर्षमा उत्रिएका थारुहरूलाई पक्राउ गरेर मुद्दा लगाएर सरकारले बिभेद गरेको आरोप लगाइन् ।