सरकारले कर्मचारीहरुको तलब २५ प्रतिशत बढाएको छ।
सरकारले मनोबल उच्च पारेर प्रभावकारी सेवा प्रदान गर्न भन्दै कर्मचारीहरुको तलब २५ प्रतिशत बढाएको हो। तलब वृद्धिको निर्णयसँग खरदार तहको तलब ४ हजार ४ सय रुपैयाँले बढेर २२ हजार रुपैयाँ पुगेको छ भने अधिकृत तहको तलब ६ हजार १ सय रुपैयाँ बढेर ३० हजार ५ सय रुपैयाँ पुगेको छ। २५ प्रतिशत तलब बढाएको सरकारले १ हजार रुपैयाँ महङ्गी भत्तालाई निरन्तरता दिएको छ।
सरकारी ढुकुटीबाट तलब खाने कर्मचारीको संख्या करिब ५ लाख हाराहारी भएकाले तथा तलब बढ्दा अवकाश प्राप्त कर्मचारीको पेन्सन पनि बढ्ने भएकाले तलब वृद्धिको यो निर्णयले सरकारलाई ठूलो आर्थिक भार पर्ने छ। सरकारले निजामति कर्मचारीहरुको उपचारका लागि सबै प्रदेशमा निजामति अस्पताल विस्तार गर्ने तथा सेवा प्रवेश गर्दा अनिवार्य तालिमको व्यवस्था गर्ने पनि बजेटमार्फत घोषणा गरेको छ । सेतोपाटीमा समाचार छ ।