ओखलढुंगामा सहचालकले चलाएको ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

 सहचालकले चलाएको ट्याक्टर खस्दा बुधबार ५ जनाको मृत्यु भएको छ । फुलबारी ५ स्थित सडकबाट करिब ५ सय मिटर तल ट्याक्टर खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कामदार च्यासिमटार ५ खोटाङका ३५ वर्षीय हीराबहादुर राई र बिलन्दु ५ का विद्यार्थीहरु १५ वर्षीय विष्णु बराल, १५ वर्षकै मिलन घिमिरे, १४ वर्षीय अमीर घिमिरे तथा फूलबारी ५ का मनीष खड्का रहेको प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले बताए ।
ट्याक्टर चलाइरहेका सहचालक फुलबारी ४ का प्रेम थापा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि रामेछापतर्फ लगिएको प्रहरीले जनायो । उनैले चलाएको ना ४ त २५१२ नम्बरको ट्याक्टर सडकबाट तल खसेको थियो । कान्तिपुरमा समाचार छ ।