आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ४४.३९% मतसहित एमाले समर्थित नेपाल निजामती कर्मचारी संगठन पहिलो

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ४४ दशमलव ३९ प्रतिशत मतसहित नेकपा एमाले समर्थित नेपाल निजामती कर्मचारी संगठन पहिलो भएको छ । संगठनले कुल २१ हजार १२७ मत पाएको छ ।
त्यसैगरी ३४ दशमलव १६ प्रतिशत मतसहित कांग्रेस समर्थित नेपाल निजामती कर्मचारी युनियन (संघ) दोस्रो भएको छ । युनियनले कुल १६ हजार २५९ मत पाएको छ । १० दशमलव ५७ प्रतिशत मत ल्याएर एमाओवादी (केन्द्र) समर्थित नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन तेस्रो भएको छ । उसले कुल ५ हजार २९ मत पाएको हो ।
यी तीन संगठन बाहेकले १० प्रतिशतभन्दा कम मत पाएकाले केन्द्रिय कार्यसमितीमा प्रतिनिधित्व गर्न पाउने छैनन् । तर जिल्लामा भने कुल खसेको मतको १० प्रतिशत पाएमा भने प्रतिनिधित्व गर्न सक्नेछन् ।
विभागिय कार्यसमितीतर्फ संगठन ३०, युनियन ९ र राष्ट्रिय कर्मचारी संगठन २ स्थानमा पहिलो भएका छन् । न्यायपरिषदमा भने युनियन र संगठनको बराबर ७/७ मत आएको छ । जिल्ला कार्य समितीमा संगठन ५०, युनियन १९ र मधेसी निजामती कर्मचारी मञ्च ६ स्थानमा पहिलो भएका छन् । कान्तिपुरमा समाचार छ ।