महोत्तरीको जलेश्वर कारागारमा महामारी फैलने त्रास

महोत्तरी र धनुषा तथा केही दिनदेखि सर्लाही जिल्ला समेतको संयुक्त कारागार रहेको महोत्तरीको जलेश्वर कारागारमा महामारी फैलने त्रास बढेको छ। 
 
एक सय ५५ वर्ष पुरानो राणाकालीन अतिजीर्ण सो कागारमा ढल निकासको उचित व्यवस्था नभएकाले अहिले दैनिकजसो पर्ने गरेको वर्षाको पानीले निकास नपाउँदा सो कारागारमा रहेका कैदीबन्दीमा माहामारीको विभिन्न रोगको सङ्क्रमण हुने सम्भावना बढेको जेलर शोभेन्द्र ठाकुरले बताए।  
 
चार सय दुई जना कैदीबन्दी रहेको सो कारागारका शौचालय, पिसाब घर तथा धारा लगायतका फोहर पानीबाहिर जान नसकेकाले कारागार भित्रका कैदीबन्दीलाई महामारीको समस्या हुन सक्ने जेलर ठाकुरले बताए।  
 
जलेश्वरको सबैभन्दा गहिरो ठाउँमा रहेको यस कारागारको चारैतिरबाट बजारको मलमूत्र र फोहोरमैला पनि कारागारभित्रै पस्न थालेको तथा जलेश्वर नगरपालिकालाई पटक