काँग्रेस सभापति देउवाद्वारा प्रधानमन्त्री ओलीमाथि राज्यको ढुकुटी दुरुपयोग गर्नमा केन्द्रीत भएको आरोप

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संविधानको कार्यान्वयनलाई बेवास्ता गरेर राज्यको ढुकुटी दुरुपयोग गर्नमा केन्द्रीत भएको आरोप लगाएका छन्। 
 
 
संखुवासभाका एकै परिवारका तीन जना सगरमाथा आरोहीको सम्मानमा सांसद् दिपक खड्काले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा काँग्रेस सभापति देउवाले जारी भएको ८ महिना वितिसक्दा पनि प्रधानमन्त्री ओलीले संविधानको कार्यान्वयनलाई पूरै उपेक्षा गरेको बताएका हुन्। उनले संविधान कार्यान्वयनप्रति गम्भिर हुनुको साटो प्रधानमन्त्री ओली घरघरमा ग्याँसका पाइपलाइन पु