चिकित्सकलाई दुब्र्यवहार गर्नेलाई कारवाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु बिरोधमा उत्रिएपछि बैतडीका स्वास्थ्य संस्थाहरु ३ दिनदेखि ठप्प छन् ।
उनीहरु सोमबारदेखि जिल्ला अस्पताल बन्द गरेर आन्दोलनमा लागेका थिए । मंगलबारदेखि जिल्लाभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द छन् । जिल्लाभरका ६८ वटा स्वास्थ्य संस्थाहरु बन्द हुँदा बिरामी समस्यामा छन् । उपचारका लागि स्वास्थ्य संस्था पुगेका बिरामीहरु फर्किन थालेका छन् ।
गत आईतबार जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. गुणराज अवस्थीलाई स्थानीय महिलाहरुले कालोमोसो दलेर दुव्र्यवहार गरेका थिए । घटनामा संलग्नलाई कारवाही र सुरक्षाको माग गर्दै सोमबारदेखि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन ।
प्रहरीले दुब्र्यवहारमा संलग्न भएको आरोपमा दशरथचन्द नगरपालिका-१ की पार्वती भुल, गंगा भुल र राधा भुललाई नियन्त्रणमा लिएको छ । घटनाका मुख्य योजनाकारको आरोप लागेका दलित अगुवा रमेश कोली फरार छन् ।
कोलीले उक्साएर दुब्र्यवहार गर्न लगाएको भन्दै उनलाई पक्राउ नगरेसम्म सेवा सुचारु नगर्ने अडान लिएका छन् । कान्तिपुरमा समाचार छ ।