सरकारले नेपाली नागरिकलाई अफगानिस्तान जानलाई रोक लगाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो । आतंककारी हमलामा सोमबार अफगानिस्तानको राजधानी काबुलमा १३ जना नेपाली मारिएपछि सरकारले उक्त निर्णय गरेको हो ।
त्यस्तै, लगानी बोर्डको कार्यकारी निर्देशकमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी राष्ट्र बैंकका पूर्व नायव गर्भनर हुन् । कान्तिपुरमा समाचार छ ।