उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले दलहरुको सहमतिमा आगामी मङ्सिर महिनाभित्र स्थानीय निकायको निर्वाचन सम्पन्न हुने बताए।
स्थानीय निकायसँग आबद्ध मोरङका सरकारी कार्यालयको समीक्षा गोष्ठीलाई आज यहाँमा सम्बोधन गर्दै उहाँले आयोगले भदौमा आफ्नो प्रतिवेदन पेस गरेपछि निर्वाचनको मिति तोकिने जानकारी गराए।
उनले नयाँ जनप्रतिनिधिलाई सक्षम र सुदृढ स्थानीय निकाय हस्तान्तरणका लागि सहयोग पुर्याउन कर्मचारीलाई आग्रह गरे।
सरकारले विकास निमार्णका लागि स्थानीय निकायमा पठाएको रकम पारदर्शी नभएको भन्दै उनले जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी विकास निमार्णमा खर्च गर्न निर्देशन दिए। रासस