आज असार १५ अर्थात दहि चिउरा खाने दिन । आजको दिनलाई सरकारले राष्ट्रिय धान दिवसको मान्यता दिएको छ , यसलाई रोपाइँ जात्रा पनि भन्ने गरिन्छ । मानो खाएर मुरी उब्जाउने महिनाको रूपमा रहेको असार महिनाको नेपालमा विशेष महत्त्व रहेकोे छ ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।