माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत, प्रधानमन्त्री ओली संकटमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका हुन्। अन्नपूर्ण पोस्टमा समाचार छ। 
 
प्रचण्डले ओलीसँग सोमबार बालुवाटारमा भएको दुई घन्टा लामो छलफलका क्रममा बजेट पारित भएलगत्तै समर्थन फिर्ता लिनसक्ने जनाउ दिएका छन्। प्रचण्डले गत बैशाख २३ गते एमालेसँग भएका ९ बुँदे लिखित र तीन बुँदे मौखिक सहमति सम्झाउँदै ती सहमति कार्यान्वयन नभएको अवस्थामा आफ्नो दललाई सरकारमा बसिराख्न नैतिकरुपमा अप्ठ्यारो पर्ने बताएका थिए।
 
सरकारले आगामी २४ गते बजेट पारित गर्ने योजना बनाएको छ। बजेट पारित नहुन्जेलसम्म सरकारको नेतृत्व ओलीले गर्ने र त्यसपछि प्रचण्डले नेतृत्व गर्नेबारेमा एमाले र केन्द्रका नेताबीच विरोधी धारणा सार्वजनिक भइरहेका छन्।