बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल पार्टी विधिवत रूपमा दर्ता गरे

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले विधिवत रूपमा पार्टी दर्ता गरेको छ।
गत जेठ ३० गते दशरथ रंगशालामा एक भव्य कार्यक्रमको आयोजना गरी पार्टी घोषणा गरेको नयाँ शक्ति नेपालले आइतबार दलबलसहित निर्वाचन आयोगमा दल दर्ता गराएको हो।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा रहेको नयाँ शक्ति नेपालले दिउँसो १२ बजे निर्वाचन आगोयको कार्यालय पुगी दल दर्ता गराएको हो।
दिउँसो ११:३० मा भृकुटीमण्डपमा भेला भई १२ बजे कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नयाँ शक्ति नेपालका केन्द्रीय कार्यसमिति सदस्य र परिषद् सदस्यहरुले पार्टी दर्ता गराएका हुन्।
तत्कालिन एमाओवादी छाडेर डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपालको स्थापना गरेका हुन् । सेतोपाटीमा समाचार छ ।