सुशीला कार्कीद्धारा सर्वोच्च अदालतको प्रधानन्यायधीशको पदभार ग्रहण

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबारदेखि सर्वोच्च अदालतको प्रधानन्यायधीशको पदभार ग्रहण गरेकी छन् ।
८ वर्षअघि अस्थायी न्यायाधीशकोरुपमा सर्वोच्च छिरेकी कार्की प्रधानन्यायाधीशमा नियुक्त भएसँगै नेपालको न्यायालयमा एउटा नयाँ इतिहासको रचना भएको छ ।
सोमबार मध्याह्न राष्ट्रपति कार्यालय शीतल निवासमा सुशीला कार्कीले सर्वोच्च अदालतको प्रधानन्यायाधीशकारुपमा पद तथा गोपनीयताको सपथ लिइरहँदा सर्वोच्च अदालत परिसरमा अदालतका कर्मचारी मात्र हैन, न्याय र कानुन क्षेत्रका थुपै्र व्यक्तिहरु उनको स्वागतका लागि तम्तयार देखिन्थे ।
सपथग्रहणलगत्तै शीतल निवासबाट सीधै सर्वोच्च परिसर पुग्दा उनको भव्य स्वागत् गरिएको थियो ।
सयौंले दिएको सफल कार्यकालको शुभकामना र स्वागतको पुष्पगुच्छा लिएर जिम्मेवारी बहन गर्नका लागि प्रधानन्यायाधीश कार्की हाल सर्वोच्च रहेको भवनको चौथो तलामा पुगिन् ।
उनले त्यहाँ पुगेर पदभार ग्रहण गरिन् र केहीबेर त्यहाँका कानुन व्यवसायी, न्यायाधीशलगायतसँग छलफल गरी आफ्नो भावी योजना सुनाउन सोही भवनको पहिलो तलामा आयोजित पत्रकार सम्मेलनमा सहभागी भइन् ।
विभिन्न आरोह